
बैतडीः बैतडीमा जिप दुर्घटना हुदाँ चालकसहित दुई जना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटना हुदा चालकसहित २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सु.प.प्र. ०४००१ च. ०१०७ नम्बरको बोलेरो जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो । उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ । घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले बताइएको छ ।
