
काभ्रेः दुई सय ८५ केजी गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीले पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआइ गाडीबाट २८५ केजी गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने बुद्धमान तामाङ, रामेछाप ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने संजीव तामाङ र रामेछाप ८ घर भइ हाल काठमाडौं बालाजु डेरा गरी बस्ने बिमला तामाङ रहेका छन् ।


प्लाष्टिकको विभिन्न आकारका ७३ बोरामा २८५ केजी गाँजा, गाडीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको जनाइएको छ ।
