Skin_Hospital_Dhn

सुदूरपश्चिममा एक प्रदेश सभा सदस्य र चार पालिकाको पद रिक्त

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक प्रदेश सभा सदस्य र चार पालिकाको पद रिक्त छन् । बझाङ १ (क) को प्रदेश सभा सदस्य, दुहुँ गाउँपालिका–५, सुर्मा गाउँपालिका–४, पूर्वीचौकी गाउँपालिका–६ का वडा अध्यक्ष र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको पद रिक्त छन् ।

रिक्त रहेका पदका लागि निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ । आयोगले प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरुका लागि निर्वाचन गर्न तयारी थालेको हो ।

आयोगले आज (सोमबार) एक प्रेस विज्ञप्ती जारी गर्दै रिक्त पदमा पदपुर्तीका लागि आन्तरिक तयारी थालिएको जनाइएको छ । जसका लागि आयोगले मतदाता नामावलिमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा सुदूरपश्चिमका ५ पद रिक्त छन् ।

२०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो । देशभर स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन् ।

सम्बन्धित
Loading...