Skin_Hospital_Dhn

किशोर किशोरीलाई कानुनी कठघरामा ल्याउनु मात्रै बहादुरी होइन : एसपी पाल

धनगढी । जिल्ला प्रहरी कार्यालय  कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पालले किशोर किशोरीलाई कानुनी कठघरामा ल्याउनु मात्रै बहादुरी नभएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबार आयोजना गरेको अपराध न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कैलाली जिल्लामा लागु औषध प्रयोगकर्ता दिनानुदिन बढ्दो क्रममा रहेको समस्या बारे बोल्दै उनले भने ‘लागु औषध आफैमा एउटा लेयर अथवा नेटवर्किङ हुने भएकाले निर्मूल पार्न न्यूनीकरण गर्न गारो भएको छ यस्तै स्थिति रहने हो भने यसलाई नियन्त्रण गर्न गारो हुने देखिन्छ । किशोर किशोरी या स्कुल पढ्ने विद्यार्थीलाई  समातेर कानुनी कठघरामा ल्याएर मात्रै बहादुरी हुन्छ भन्ने मलाई लाग्दैन , त्यो भन्दा अगाडिका पनि धेरै उपायहरू छन् । हाम्रो घर , समाज र जिम्मेवार निकायले निभाउने भूमिका आफ्नो बालबालिकालाई दिने पालन पोषण देखि लिएर शिक्षादीक्षाका कुरा सङ्गै जनचेतनाका आदिको सिलसिला मिलेमा लागु औषध नियन्त्रण गर्न सकिन्छ’ ।

 

लागु औषधकर्तालाई कानुनी कानुनी कठघरा मा ल्याउनु भनेको अनुसन्धानको पाटो मात्रै भएको उनले बताएका छन्  । यस्तो दल दलमा फसेका युवाहरूलाई कसरी सही बाटोमा ल्याउने यसको विकल्प सोच्न जरुरी रहेको एसपी पालले बताए । ‘कानुनी दायरामा ल्याउने हाम्रो दायित्व भयो तर त्यो भन्दा अगाडि के गर्न सकिन्छ भनेर सबैले जिम्मेवार बनी दिनुपर्‍यो उनले भने’

 

लागु औषधकर्ताको तथ्याङ्क हेर्दा बढ्दो क्रममा छ जसमध्ये ७७\७८ मा दर्ता भएका मुद्दा  ९१ , ७८\७९ मा २०१ र ७९\८० मा १०९ सङ्ख्या रहेको छ।
त्यस्तै लागु औषध प्रयोगकर्ता पकाउ पर्नेमा  १३२ मध्ये ६ जना महिला ,३१५ मध्ये १८ महिला र १६१ मध्ये  ११ जना महिला सङ्ख्या रहेको पालले जानकारी दिए ।

 

कैलाली जिल्लामा खुला सिमानाका कारण लागु औषध सहजै भारतीय कारोबारी भित्रिने , यो सँगै युवा उमेरको उत्सुकतामा अभिभावकिय संरक्षणको कमी र लागु औषध सम्बन्धी विद्यालय शिक्षा पर्याप्त नपुग्दा समेत लागु औषध प्रयोगकर्ता बढेका छन् ।
हालको अवस्थामा कारोबार हुने लागु औषधहरू नाईट्राभेट स्पास्मो,ट्राम डोल,हेरोइन कोरेक्स र नाईट्रासन आदि हुन् ।
Loading...