

धनगढीः कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको भजनी नगरपालिका–२ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा एक अपरिचीत पुरुष मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार नामथर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा हिजो (सोमवार) दिउँसो फेला परेका हुन् । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आबश्यक अनुसन्धान भईरहेको छ ।
