Skin_Hospital_Dhn

नापी अधिकृत चढेको भारतीय नम्बर प्लेजको जीप दुर्घटना, १० जना घाइते

सर्लाहीः सर्लाहीमा नापी कार्यालयका प्रमुख चढेको भारतीय नम्बर प्लेटको जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन् ।

मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा हिजो बेलुका बीआर ०६ पीडी ९६४८ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप उखु बोकेको ट्र्याक्टरसँंग गम्हरियामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जीवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।

घाइतेको वीरगञ्जमा उपचार भैरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...