
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ बडराबाट ५० हजार मूल्य बराबरका सामान र भजनी नगरपालिका–५ कव्वाखेडा घाटबाट ९१ हजार १९० मूल्य बराबरका सामान बरामद गरिएको हो ।

बडराबाट ५० हजार मूल्य बराबरका जेन्स कुर्ती, लेडिज सुट, प्लाजु लगायतका सामान र कव्वाखेडा घाटबाट ९१ हजार १९० मूल्य बराबरका कुर्ती सुरवाल, गन्जी, डिजे साउन्ड माइक, भाडा बर्तन, चकलेट लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नियन्त्रणमा लिएका उक्त सामान आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय बुझाएको बताइएको छ ।
