Skin_Hospital_Dhn

धनगढीमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने, समीक्षा अधिकारी आउने

धनगढीः कैलालीको धनगढीमा फागुन २ गते प्रेमदिवस विशेष कार्यक्रम हुने भएको छ । प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीमा रहेको फ्लाटलयाण्ड फुटसलमा हुने उक्त कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र उमेश मुस्कान आउने भएका छन् ।

प्रेम दिवस विशेष कार्यक्रम विशेष रूपमा मनाइने भएको छ । ३०० र ५०० टिकट रहेको उक्त प्रोग्राममा ३००मा एक जना प्रवेश र ५००को टिकटमा जोडिहरुलाई प्रवेश रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम प्रायोजक वा सपोटर को रूपमा अमृत थापा र सञ्जीव खड्काको आरजे इन्टरप्राइजेज रहेको छ । साथै राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । कार्यक्रम फागुन २ गते बेलुका ४ बजे सुरु हुने र कार्यक्रमबाट फाइदा रकम बाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ ।

सम्बन्धित
Loading...