
धनगढीः डाक्टर महावीर पुन पर्सि (बिहीबार) धनगढी आउँदै छन् । आज र भोलि कञ्चनपुरका विभिन्न क्षेत्रमा पुगेर किताब बिक्री गर्ने योजना रहेको डाक्टर पुनले बताएका छन् ।

इलामाबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर आएका डाक्टर पुन आफूले लेखेको पुस्तक “महावीर पुन”को बिक्रीका लागि देश दौडाहा छन् ।

आत्मकथामा आधारित पुस्तक बिक्रीबाट आउने रकम वीरगन्जमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेका पुनले कैलालीमा तीन दिनसम्म आफ्नो हातबाट पुस्तक बिक्री गर्ने छन् । धनगढी लगायत कैलालीमा तीन दिन बस्ने योजना रहेको पुनले बताएका छन् ।
