
अछामः क्यान्सरसँग लडिरहेकी इन्जिनियर रमिता रावलको मृत्यु भएको छ । २५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठुलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा उपचारत रावलको क्यान्सरकै कारण निधन भएको हो ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावलले नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी थिईन् । अछाम घर भएकी सब–इन्जिनियर रमिता रावलको सोही क्यान्सर अस्पतालमा निधन भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो । उनी लामो समयदेखि पाठेघर र आन्द्राको क्यान्सरबाट पीडित थिइन् । रावल नेपालगन्ज महानगरपालिकामा कार्यरत थिइन् ।
