
धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको मंगलवार बसेको बैठकमा कानुमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस सम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक ल्याउनुपरेको बताएका हुन् ।

हिजो बसेको बैठकमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले प्रज्ञा प्रतिष्ठान प्रारम्भिक अवस्थामा रही प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको अवस्था रहेकाले यससम्बन्धी ऐनलाई समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे।

विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्य मानबहादुर रावल, शिवसिंह ओली, राजेन्द्रसिंह रावल, इन्दिरा गिरी, प्रकाश रावल र तुल्सी देवकोटाले भाग लिएका थिए । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो।
