

धनगढीः कैलालीमा वन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–९ बस्ने ३८ वर्षीय महेन्द्र देउवा पक्राउ परेका हुन् ।
फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो (मंगलवार) साँझ उनकै घरबाट पक्राउ गरेको हो । वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि देउवा फरार रहेका थिए ।
