
धनगढीः शिक्षाको गुणस्तर सुधार्न धनगढी उपमहानगरपालिका र टिच फर नेपालबीच सम्झौता भएको छ। बुधबार धनगढी उपमहानगर टिच फर नेपालबीच सम्झौता भएको हो।

सम्झौता पत्रमा धनगढी उपमहानगरबाट नगर प्रमुख गोपाल हमाल र टिच फर नेपालका तर्फबाट टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले हस्ताक्षर गरिन्।

उपमहानगर र टिच फर नेपालबीच धनगढीका पाँच वटा नमूना विद्यालय निर्माण र शिक्षाको गुणस्तर सुधार गर्नका लागि सम्झौता भएको मेयर हमालको सचिवालयले जनाएको छ। टिच फर नेपाल संस्थाले शैक्षिक सुधारका क्षेत्रमा काम गर्दै आइरहेको छ।
धनगढी उपमहानगरपालिका भित्रका ठेकराज मावी वडा नम्बर ११, सिद्धनाथ मावि–१२, चन्द्रोदय मावि–१८, बेहडाबाबा मावि–१६ र भवानी मावि वडा नम्बर ९ मा उक्त कार्यक्रम लागू गरिनेछ।
