Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो

काठमाडौँ: सुनको मूल्य बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रुपैयाँ बढेको हो।

योसँगै बुधबार बजारमा छापावाल सुन १ लाख १८ हजार ६ सय र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। यसअनुसार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

सम्बन्धित
Loading...