Skin_Hospital_Dhn

लागुऔषध र तस्करी बढ्दो, तस्करी न्यूनिकरण गर्न गौरीफन्टामा कडा चेकजाँच

धनगढी ।

कैलालीको गौरीफन्टा नाकामा तालिम प्राप्त दुईटा कुकुरसहितको प्रहरी टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित सीमानाकामा तैनाथ गरिएको छ।

प्रहरीले आकस्मिक रूपमा जुसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोचतलास गर्ने गरेको छ ।

नियमित तर आकस्मिकरूपमा आज (सोमबार) गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भइरहेको कैलालीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पालले बताए ।

जिल्लामा लागु औषधका घटना र सिमानामा चोरी तस्किरी बढी रहेका वेला नतिजा देखाउने हिसवाले काम हुने उनले बताएका छन् ।

सम्बन्धित
Loading...