
काठमाडौँ: क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको एकदिवसीय क्रिकेट शृंखला डिशहोम गोमा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ।

उक्त शृंखला यही फेब्रुअरी ८-१२ मा हुँदै छ। उक्त ओडीआईका खेलहरू त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छन्। यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट्स एचडी १ र डिशहोम गोमा प्रसारण हुनेछ।

डिशहोम गोले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो।
