
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाकाले पाँच वटा पसललाई जरिवाना गरेको छ। बुधबार धनगढी उपमहानगरको नगर प्रहरीले प्लास्टिक र प्लास्टिकजन्य वस्तुहरू बेच्ने यहाँका पाँच पसल जरिवाना गराइएको हो।

चार पसललाई एक/एक हजार र एउटा पसललाई तीन हजार जरिवाना गरिएको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। उपमहानगरपालिकाले प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाएको छ।

प्लास्टिकका झोला, गिलास, कचौरा, प्लेटलगायतका सामग्रीमा उपमहानगरले प्रतिबन्ध लगाएको हो। त्यसैले यहाँ प्लास्टिक र प्लास्टिकजन्य वस्तु बिक्रीवितरण गर्न पाइँदैन। प्रतिबन्ध लगाएपछि पनि प्लास्टिकजन्य वस्तु बिक्रीवितरण पलसहरूलाई उपमहानगर जरिवाना गर्दै आइरहेको छ।
