
कञ्चनपुर ।

लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर वडा नम्बर १८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोहि स्थानका २२ वर्षीय जीवन कार्की लागुऔषधसहित पक्राउ परेका हुन्।

कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१७ मझगाउँबाटै उनीहरुलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
