
धनगढी । तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले गौरीफन्टा नाकामा चेकजाँच गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा तालिम प्राप्त दुईटा कुकुर लिलि र शेरु सहित वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले गौरीफन्टा नाकामा चेकजाच गरेको हो।

नेपाल प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित गौरीफन्टा नाकामा परिचालन भएको हो।
सिमानामा हुने चोरी पैठारी सँगसँगै लागु औषध नियन्त्रण गर्नका लागि चेकजाँच गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताए ।
लागु पदार्थ दुर्वसनीले समाजमा बढ्दै गएका आपराधिक घटना रोकथामका लागि लागी चेकजाँच गरिएको उनले बताए ।
