Skin_Hospital_Dhn

डीसीए कप क्रिकेट: सरस्वती र त्रिभुवन विजयी

धनगढी ।

जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा सरस्वती माध्यमक विद्यालयले जित हात पारेको छ । बिहान भएको खेलमा सरस्वतीले शारदा विद्या निकेतनलाई ३६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

सरस्वतीका लागि मुस्कान विष्टले २४ बलमा ५ चौकासहित २५ रन जोडे । यस्तै खेल बोहराले ४० बलमा २ चौकासहित २३ तथा जगदीश भट्टले १४ बलमा ४ चौकासहित २१ रन थपे ।बलिङतर्फ शारदाका भुपेश भट्टले २ ओभरमा ३ तथा अनिश अवस्थी र खेम बोहराले २–२ विकेट लिए ।जवाफी ब्याटिङमा उत्रिएको शारदाले १६.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउँन सक्यो । उसका आकाश विष्टले १८, आयुष महराले १३ र नबिन महताले ८ रन जोडे । बलिङतर्फ नरेन्द्र महराले ३ तथा रमेश महता तथा नबिन महताले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सरस्वतीका खेम बोहरा चुनिए ।

यस्तै दिउँसो भएको अर्को खेलमा त्रिभुवन माविले थ्रीस्टर बोर्डिङ स्कुललाई ४ रनले पराजित गर्यो ।टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवनले १५.३ ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।उसका कुशल बोगटीले ३६ बलमा ५ चौकासहित ३६, विनय जोशीले १२ र सुशील भाटले १४ रन जोडे । बलिङमा थ्रीस्टारका विनय जोशी र सुशील भाटले ३–३ विकेट लिए ।जवाफी ब्याटिङमा उत्रिएको थ्रीस्टारले १७.१ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउँन सक्यो । उसका सचिन कुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए ।

बलिङतर्फ शम्शेर खड्काले ३ तथा किरण शाहु, सचिन कुमार नेगीले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच त्रिभुवन माविका सुशील भाट चुनिए । प्रतियोगितामा मंगलबार पहिलो खेल एभीन र कैलाली मोडल तथा दोस्रो खेल बात्साल्या मावि र लिटिल फ्ल्वारबीच हुनेछ । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए ।

सम्बन्धित
Loading...