Skin_Hospital_Dhn

दार्चुलाबाट धनगढी हिडेका एक किशोर एक हप्ता देखि सम्पर्क विहिन

दार्चुलाः दार्चुलाबाट धनगढी जान्छु भनी घरबाट निस्किएका एक किशोर एक हप्ता देखि सम्पर्क विहिन छन् । गतहप्ता जिल्लाको गोकुलेश्वरबाट धनगढी जान्छु भनी घरबाट निस्किएका शैल्यशिखर नगरपालिका–६ मिलिमिलि बस्ने धन सिंह रावलका छोरा १४ वर्षिय भुवन रावल सम्पर्क बिहिन भएका हुन्।

दार्चुलाको गोकुले बजारबाट खोड्पे सम्म जिप र खोड्पेबाट अत्तरिया सम्म बसमा आएका रावल त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाइ वीर सिंह रावलले बताए ।

उनको खोजिको लागि दाइ वीर सिंह रावलले सहयोग गर्न आग्रह गरेका छन् । कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा ९८०५७७३४९१ र ९८४८९९४०७७ ,९८४८९९४०७७ मा सम्पर्क गर्न उनका दाइले आग्रह गरेका छन् ।

सम्बन्धित
Loading...