
धनगढीः कैलालीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको र विपरित दिशाबाट आइरहेको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से ७ प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका-१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे रहेका छन् । यस्तै दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार पनि घाइते भएका छन् । घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
