Skin_Hospital_Dhn

नक्कली नोटसहित पाँचजना पक्राउ

काठमाडौं: नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका–५ का सुमित साह, सोही ठाउँका सन्तोष पटेल, पर्साको वीरगञ्ज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र सोही ठाउँका निरज श्रीवास्तव छन्।

उनीहरूलाई बाराको जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए। उनीहरूबाट १ हजार दरका ६१ थान नोट र भारतीय सीमकार्ड र ७ थान मोबाइलसमेत बरामद भएको छ।

सम्बन्धित
Loading...