Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट आदित चौधरी, धनगढी–७ जोखरतालबाट रामकृष्ण चौधरी, बर्दगोरिया गाउँपालिका–१ झगडपुर स्थित सेती लोकमार्ग सडक–खण्डबाट अनिल बिक र सन्तोष विश्वकर्मा लागूऔषधसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीगाउँका १९ वर्षीय आदित चौधरीमाथि शंका लागि चेकजाँच गर्दा उनको साथबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी हिजो (बुधवार) राती पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जोखरतालका २९ वर्षीय रामकृष्ण चौधरीमाथि शंका लागि चेकजाँच गर्दा उनको साथबाट ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आज (बिहीबार) दिउँसो आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यसै गरी, इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले झगडपुर स्थित सेती लोकमार्ग सडक–खण्डबाट बर्दगोरिया–१ का २८ वर्षीय अनिल बिक र २७ वर्षीय सन्तोष विश्वकर्मामाथि शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आज (बिहीबार) बिहान आवश्यक प्रक्रिया पुरा गरी उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका चारै जनामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...