
दाङ: दाङको लमही नगरपालिका-६ कुलमोहर नजिक यात्रु बस दुर्घटनामा परेको छ ।

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रा १ ख ३१३२ नम्बरको रात्रिबस बिहीबार बेलुकी करिब नौ बजेतिर अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो ।

बसका यात्रु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । बस दुर्घटनामा परेपछि रातिको समयमा यात्रुहरु अलपत्र परेका छन् ।
