Skin_Hospital_Dhn

कैलालीमा मोटरसाईकल ठेलामा ठोक्किदा चालकको मृत्यु

धनगढीः कैलालीमा मोटरसाईकल ठेलामा ठोक्किदा चालकको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-१८ “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल एक्कासी ठोक्किन गई बिहीवार साँझ दुर्घटना भएको हो ।

सो दुर्घटनामा मोटरसाईकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...