शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री बितरण तथा परीक्षण शिविर सञ्चालन

धनगढी ।

धनगढी उप—महानगरपालीकाले हिजो (सोमबार) शारीरिक अपाङ्गता सहायक सामाग्री बितरण तथा परीक्षण शिविर सञ्चालन गरेको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको प्राविधिक सहयोगमा धनगढी उप—महानगरपालिकाले उप—महानगरपालिका अन्तर्गत रहेका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी, नापजाच एवं तालिम व्हिलचेयर, कृतिम हातखुट्टा (प्रोस्थेटिक्स—अर्थोटिक्स) सेवा प्रदान, अपाङ्गता सहायक सामाग्री बितरण तथा परीक्षण शिविर सञ्चालन गरेको हो ।

Gaurishankar Dental

आफ्नो नेतृत्वको सरकार आयपछि विशेष गरी स्वास्थ्य क्षेत्रलाई प्राथमीकतामा राखी श्रावण १ गते वडा क्लिनिक,ज्येष्ठ नागरिकलाई निजी अस्पतालमा ओपिडी कार्ड निःशुल्क, क्यान्सरको जोखिम देखिएका कारणले क्यान्सर सम्बन्धी जनचेतना जगाउनुका साथै क्यान्सरको पहिलो चरणको स्क्रिनिङ्ग क्याम्प बेलामा गरी सकेको र अर्को क्यान्सरको क्याम्प वैशाखमा हुने जानकारी गराउँदै जसको हात छैन, खुट्टा छैन अथवा शरीरको कुनै अङ्ग छैन उहाँहरूको जीवन धेरै कठिन हुने हुँदा बरु हामी १ किलोमिटर बाटो कम बनाउने तर जसको हात छैन उसको कृतिम हात जसको खुट्टा छैन कृतिम खुट्टा लगायत सहायक सामाग्री यस वर्ष सबैलाई दिने नीति बनाएको धनगढी उप महानगरपालीकाका प्रमुख गोपाल हमालले बताए ।

यस अधि माघ ३ गते वडा नं. १८, ५ गते वडा नं. १६, ६ गते जुगेडा र आज ९ गते धनगढीमा शारीरिक अपाङ्गता सहायक सामाग्री परीक्षण शिविर सञ्चालन गरिएको छ ।

सम्बन्धित
Loading...