Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडक खण्डबाट अजय साँउद हिजो (बिहीवार) साँझ लागूऔषधसहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका-८ बस्ने ३० वर्षीय अजय साँउदको साथबाट नेटराभेट १० लेखेको अबैध लागूऔषध १४ ट्याबलेट फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...