Skin_Hospital_Dhn

नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन माग्यो [सूचनासहित]

काठमाडौँः नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो। खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ।

त्यसैगरी भान्छेका लागि ६३ जना, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

सम्बन्धित
Loading...