
काठमाडौंः आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला एक सय रुपैयाँले महँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोलाले बढेको छ । योसँगै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
