Skin_Hospital_Dhn

देशभर करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

काठमाडौंः देशभर करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज (शुक्रवार) काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो ।

सर्वेक्षणमा करिव ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताइन् । मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ ।

२०६५ सालयता गरिएको सो सर्वेक्षणकाअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वामित्व सबैभन्दा कम ८ प्रतिशत छ । सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको संख्या तलव ज्याला सुविधा लिई काम गर्नेहरुभन्दा बढिरहेको पनि दाबी गरिएको छ ।

सम्बन्धित
Loading...