Skin_Hospital_Dhn

त्रिनगर माविमा एसईई आइडलको अडिसन सम्पन्न

धनगढीः कैलालीको धनगढीमा प्रदेश युवा परिषद् एसईई आइडल तेस्रो संस्करणको २५औं अडिसन सम्पन्न भएको छ। धनगढी बजारको मेनरोडमा रहेको त्रिनगर माविमा आज शुक्रबार आइडलको २५औं अडिसन सम्पन्न हो।

अडिसनमा ७ जनाले गायन र ६ जनाले नृत्य गरि कूल १३ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुति पस्केका छन्। अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निःशुल्क रुपमा वितरण गरिएको थियो।

अब यस हप्ताबाट पहाडी जिल्लामा पनि अडिसन आयोजना हुने भनिएकोमा आउँदो हप्ताबाट पहाडी जिल्लामा कार्यक्रम अगाढी बढ्नेछन्। पहिलो चरणमा अछामको साँफेबगरमा रहेको जनकल्याण मावि र बाजुराको मार्तडीमा रहेको मालिका नमूना माविमा अडिसन आयोजना हुनेछन्।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गतवर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्।

असोजदेखि फागुनसम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन्। दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ५०/५० हजार र रु २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन्। साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन्।

थप अडिसन स्थलहरुको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ। आयोजकले यसभन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरिसकेको छ।

सम्बन्धित
Loading...