
काठमाडौँः काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । सहरी विकास मन्त्रालयले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो ।

तर मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले महानगरपालिकालाई पठाएको चिठीको अहिलेसम्म जवाफ आएको छैन । यसप्रति मन्त्रालयका उच्च कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

अहिलेसम्म मेयर शाहले त्यसको जवाफ दिएका छैनन् । ‘चिठीको जवाफ त आउनुपर्थ्यो । जे भए पनि केही न केही कुरा आउनुपर्थ्यो। जवाफ नै नआउनु अति नै अपमान हो,’ कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले भने, ‘हामीले अहिलेसम्म दुई पटक चिठी पठाइसकेका छौँ ।’ नागरिक दैनिकबाट साभार
