Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका-९ बाट राज चौधरी, संजय यादब र सुरेन्द्र श्रेष्ठ हिजो (शुक्रवार) साँझ पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय राज चौधरी, ३० वर्षीय संजय यादब र २९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई १ ग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले तीनैलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...