
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि सार्वजनिक गरेका छन्। आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा शनिबार मुख्यमन्त्री शाहले उपलब्धि सार्वजनिक गरेका हुन्।
उनले प्रदेशबासीलाई सम्बोधन गर्दै प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक गरे। गत वर्षको माघ २७ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा ठूलो दलका हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको थियो।

मुख्यमन्त्री शाह नेतृत्वको सरकार गठन भएको शनिबार एक वर्ष पूरा भएको हो। मुख्यमन्त्री शाहले फागुन २१ गते विश्वासको मत प्राप्त गरेका थिए। उनलाई सत्ता गठबन्धनमा सहभागी दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।
के–के भए काम ?

