Skin_Hospital_Dhn

‘डेब्यू ब्वाइ’ आकाश चन्दले दिलाए नेपाललाई ब्रेकथ्रु

काठमाडौँ: क्यानडाविरुद्धको दोस्रो एक दिवसीय खेलमा आकाश चन्दले डेब्यु विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका छन्।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले पहिलो विकेटका लागि ९४ रनको साझोदारी गरेको थियो। अकाशले १८.२ ओभरमा ओपनर नवनित डालिवालको विकेट लिर्दैठुलो साझेदारी तोडेका थिए।

नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के। पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो। यसअघि भारतका रोहित शर्मा र शुभमन गीलले एसिया कपमा १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए।

सम्बन्धित
Loading...