

चितवन: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताइन्।
मन्त्री चौधरीले भनिन्–’गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ। यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ। गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ।’ भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिइन्।
