
धनगढीः कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए ।

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताएका छन् । धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई लक्षित गरेर केही दिनयता केही सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन् । गोरखापत्रबाट साभार
