
सुनसरीः धरानमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट मौसम राई र अभिषेक शर्मा आज (शनिबार) दिउँसो लागूऔषधसहित पक्राउ परेका हुन् ।

धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका-११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शर्मालाई १ सय २४ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १-०२-००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को. १ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिषेकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
