Skin_Hospital_Dhn

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बस्न लागेको हो । आजको प्रतिनिधि सभा बैठकमा दुईवटा सम्भावित कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित
Loading...