Skin_Hospital_Dhn

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढीको एसपीए कलेजका प्राध्यापक पक्राउ

धनगढीः सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)का एक प्राध्यापक पक्राउ परेका छन् । छात्रालाई यौन दुर्ववहार गरेको आरोपमा कैलालीको धनगढीमा रहेको एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारी हिजो (शनिवार) पक्राउ परेका हुन् ।

होटेल व्यवस्थापन तर्फका संयोजक रहेका भण्डारीले क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र छात्रालाई दुर्ववहार गरेको आरोप लागेको छ । एकेडेमीमा सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले बताएको छ ।

आइतवार सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...