
कञ्चनपुरः कञ्चनपुरमा एक जना आफ्नै मामाको छोरालाई बञ्चरो हानेर फरार भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन् ।

हिजो (शनिवार) राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको कञ्चनपुर प्रहरीले जानकारि दिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
बञ्चरो प्रहार गर्ने भुलको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
