Skin_Hospital_Dhn

धनगढी उपमहानगरले भन्यो– सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनू

धनगढी: धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा रङ नमिसाउन निर्देशन दिएको छ। उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

‘उपमहानगरपालिका अन्तरगत सञ्चालित केही विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा विभिन्न रङ र अखाद्य पदार्थहरु मिसावट गरिरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले उक्त कार्य नगर्न नगराउन हुन अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

कार्यालयले खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको भेटिए धनगढी उपमहानगरपालिकाको बजार व्यवस्थापन सम्बन्धी ऐन, २०७९ रप्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ।

सम्बन्धित
Loading...