
सिरहाः सिरहा नगरपालिका-७ बाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादव १ थान कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।

उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
