Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका-१ एकतापुर स्थित गणतन्त्रण चोक नजिकबाट सोही ठाँउ बस्ने २२ वर्षीय युवक भिसम बहादुर शाही हिजो (आईतवार) साँझ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई २७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...