Skin_Hospital_Dhn

कञ्चनपुरमा गाँजासहित दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका-१० दैजीबाट सोही ठाँउ बस्ने २५ वर्षीय सन्तोस खड्कासहित दुई जना हिजो (आईतवार) राति गाँजासहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ६.६५ ग्राम गाँजा फेला पारी दुबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...