
कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-७ पौलाबाट कैलालीको गौरीगङ्गा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटासमेत दुई जना हिजो (आइतबार) साँझ लागूऔषधसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट १३.०६ ग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ र उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
