Skin_Hospital_Dhn

फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने बित्थडचिरका सिभिल इन्जिनियर पक्राउ

डडेल्धुराः डडेल्धुरामा फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने एक जना पक्राउ परेका छन् । नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने धनबहादुर बोहरा पक्राउ परेक हुन् ।

सो घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । उनी बित्थडचिर गाउँपालिकाका सिभिल इन्जिनियर समेत हुन । उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए ।

उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक सय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएका थिए । बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको डीएसपीले दिपककुमार कार्कीले जानकारि दिए ।

सम्बन्धित
Loading...