Skin_Hospital_Dhn

धनगढीको सौँराइ स्क्वायरमा सौँराइ इन्डलेस रोमान्स–२ भ्यालेन्टाइन डे मनाइने

धनगढीः धनगढीको सौँराइ स्क्वायरमा भ्यालेन्टाइन डे को अवसरमा सौँराइ इन्डलेस रोमान्स–२ मनाइने भएको छ । शहिदगेट नजिकै रहेको सौँराइ स्क्वायरमा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति सहित फागुन २ गते (फेब्रुअरी १४ बुधवार) साँझ ६ बजेदेखि १० बजेसम्म सौँराइ इन्डलेस रोमान्स–२ मनाइने भएको हो ।

स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको इन्डलेस रोमान्स भ्यालेन्टाइन डे कार्यक्रममा चर्चित डान्सर मोडेल सदिच्छा चौधरी, सुशीला कार्की, कोपिला सिंह, सिम्पल कान्छा, नाइन एक्स डान्स एकेडेमीलगायतको प्रस्तुति रहने र कपल रोमान्टिक गेमहरू समेत खेलाइने आयोजक सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले बताए ।

सौँराइ ब्याङ्क्युट एन्ड इभेन्ट्सको हलमा साँझ ६ बजेदेखि १० बजेसम्म मनाइने उक्त कार्यक्रमका मुख्य आकर्षणमा निःशुल्क तस्बिर खिचिने (फेटो सुट), कार्यक्रम लाइभ गरिने, आकर्षक सजिसजावट तथा रमाइलो वातावरणको सिर्जना गरिने उनले बताए ।

सम्बन्धित
Loading...