
काठमाडौँः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।


आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भू-भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भू-भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
